न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौं आइपुगे, राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूसँग भेटवार्ता गर्ने

काठमाडौं : न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उपप्रधानमन्त्री पिटर्स बुधवार काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहनेछन् ।

न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Seti Hospital

प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौंका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ दिल्लीका लागि उड्ने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार