विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–७ स्थित बक्राहा खोला किनारबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ३ सय किलो गाँजा बरामद भएको हो ।
लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बुधबार बिहान करिब बजेतिर गाँजा बरामद गरेको जोशीले बताए । उनका अनुसार ७ वटा बोरामा प्याक गरेर अवस्थामा बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
गाँजाको कारोबार र ओसारपसारमा संलग्नहरु भने फरार भएका छन् । फरार भएकाको खोजी तीव्र पारिएको डीएसपी जोशीले जनाए ।
प्रतिक्रिया दनुहोस्