बुटवलमा महिलासहित दुईबालिकाको वीभत्स हत्या

लुम्बिनीः  बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ।  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू सात वर्षीया स्नेहा  र चार वर्षीया हिमान ढकालको हत्या भएको हो। प्रहरीले हत्या अभियोगमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ। 

तीनैजनाको  घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानैका समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रानाले बताई। 

Seti Hospital

स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन्। सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ।  दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन्।  हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार