सानिमा बैंकको संस्थापक करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं: सानिमा बैंकले साढे ३ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।

संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। 

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा बैंकले यो सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्नेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार