कञ्चनपुर – कञ्चनपुरमा एक जना युवक मृत फेला परेका छन्। मंगलबार साँझ बेलौरी नगरपालिका–१ बैशाखीका २९ वर्षीय गोपाल लुहार मृत फेला परेका हुन ।
उनी आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दनुहोस्