काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । आर्थिक गतिविधिमा देखिएको संकुचनले कर्जा लगानी हुन सकेको छैन । ब्याजदर ऐतिहासिक रुपमा घटेर न्युन बिन्दुमा आउाद पनि कर्जा लगानी बढ्न नसक्दा बैंकहरुको २ वर्ष भन्दा बढी समयदेखि अधिक तरलताको दवाबमा छन् ।
बैंकहरुमा अधिक तरलता हुँदा केन्द्रिय बैंकले निरन्तर रुपमा तरलता खिचेपनि मौद्रिक नीतिको लक्षित सीमाभित्र अन्तरबैंक ब्याजदर पुर्याउन सकेको छैन । आर्थिक वर्षको सुरुवातमा साढे ३ खर्ब भन्दा बढी तरलता केन्द्रिय बैंकमा निरन्तर बक्यौता रहेकोमा आर्थिक वर्षको तेस्रो त्रैमास सुरु हुँदा कबिर २ खर्बसम्म झरेको थियो । तर, आर्थिक वर्षको सकिन डेढ महिना बाँकी हुँदा अधिक तरलता भएर बैंकहरुले केन्द्रिय बैंकमा राखेको तरलता पौने ४ खर्ब पुगेको छ ।
बुधबार थप ८० अर्ब तरलता प्रशोचन गर्ने केन्द्रिय बैंकले जनाएको छ । निक्षेप संकलन बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । १३ जेठ २०८२ को तथ्यांक अनुसार बैंकहरुले अभिक तरलता भएर केन्द्रिय बैंकमा राखेको मौज्दात रकम ३ खर्ब ७२ अर्ब ९५ करोड छ ।
बुधबार थप ८० अर्बको निक्षेप संकलन उपकरण बोलाकबोल गर्ने भएको हो । नियमित कार्यतालिका अनुसार सरकारले आन्तरीक ऋण (विकास ऋणपत्र) को सावाँ र ब्याज भुक्तानी भइरहेको छ । चालु आर्थिक वर्षको लक्ष्यको ९० प्रतिशतभन्दा बढी आन्तरीक ऋण बोलकबोल भइसकेको छ । तर, कर्जा लगानी भने चैत मसान्तको तुलनमा १५ जेठ पुग्दै गर्दा पनि बढेको छैन भने निक्षेप ५० अर्बभन्दा माथिले बढेको छ । रेमिट्यान्स लगातार बढीरहेको अवस्था सरकराले खर्च बढाउने समय भएकोले आर्थिक वर्षको अन्तिम त्रैमासमा निक्षेपको वृद्धिदर उच्च हुन्छ । तर, कर्जा त्यसअनुरुप बढ्न नसक्दा आर्थिक वर्षको अत्यतिर आउँदा अधिक तरलतको चाप बढेदै गएको छ ।
चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले २०५ पटकमा २०३ खर्ब ३८ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । केन्द्रिय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा दिएको छ । त्यस्तै निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता प्रशोचन गर्दै आएको छ । १३ जेठसम्म स्थायि निक्षेप सुविधा मार्फत १२९ पटकमा १७७ खर्ब ६८ अर्ब ८५ करोड र निक्षेप संकलन बोलकबोल मार्फत ७६ पटकमा २५ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन भएको केन्द्रिय बैंकले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्