दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु, एक घाइते

दार्चुलाः दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो। बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

Seti Hospital

उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले बताए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको बताइएको छ।

यसैबिच गए राति भएको अविरल वर्षाका कारण खलङ्गा दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा खलङ्गाबाट नौगाड गाउँपालिकाका विभिन्न स्थानमा जाने सवारीका साधनहरू चल्न सकेका छैनन्। अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार