विद्यालय शिक्षामै गणतन्त्र-लोकतन्त्रबारे पढाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौं : नेकपा (एमाले) महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र नयाँ पुस्तालाई सुसूचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यसको उपलब्धिबारे पढाउनुपर्नेमा उनको जोड थियो ।

Seti Hospital

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानी पूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले उल्लेख गरे।

उनले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिक स्तरमै उत्सवका रुपमा लोकतन्त्र(गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिए । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उनले उल्लेख गरे ।

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेको उल्लेख गरे ।

जेठ १५ मा मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उनले गणतन्त्र नेपाली जनताको भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिए ।

उनले  जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको जानकारी दिए ।

लोकतन्त्रले के दियो ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो ।

लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्क्ति रहेको उनको भनाइ थियो । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा  बलियो शक्ति पनि एमाले नै भएका कारण अहिले सबै भन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियोजित ढङ्गले भइरहेको उनले दाबी गरे । उनले एमालेको उज्यालो भविष्यमाथि भइरहेको प्रहारलाई सामना गर्नुपर्नेमा पनि जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार