जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका–७ का २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। नेपाल प्रहरीले उनीहरुको साथबाट २ सय ८० मिलिग्राम लागुऔषध फेला पारेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। कैलाली प्रहरीले उनीहरूको विषयमा थप अनुसन्धान गर्दै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार