मधेश प्रदेशसभा सदस्यका स्वकीय सचिव कायस्थ पक्राउ

मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

Seti Hospital

उनका अनुसार सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेर खातामा आएको रकम दुरुपयोग गरेको उजुरी परेको थियो । उक्त रकम सिंहले आफ्ना निजी सचिव कायस्थमार्फत झिकाएर आफन्तको खातामा जम्मा गर्ने गरेको दाबी गरिएको छ ।

यस्तै, सिंहले उनकी श्रीमतीको खातामा समेत रकम जम्मा गर्ने गरेको दाबी उजुरीमा छ ।

सोही उजुरीको आधारमा सिंहका निजी कायस्थलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

साथै प्रदेशसभा सदस्य सिंहको साथमा रहेको कायस्थले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार