प्रशासनले अनुमति नदिए पनि जेठ १५ गतेको कार्यक्रम रत्नपार्कमै हुन्छ: राजेन्द्र लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ‍राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने सडक आन्दोलनको कार्यक्रम काठमाडौँको रत्नपार्कमै गरिने बताएका छन्। मंगलबार सम्पादकहरूसँग कुरा गर्दै लिङ्देनले प्रशासनले अनुमति नदिए पनि कार्यक्रम रत्नपार्कमै हुने बताएका हुन्।

उनले सोहीदिन नेकपा एमालेले भिडाउनका लागि नजिकै कार्यक्रम गर्न लागेको भन्दै आपत्ति जनाए। ‘हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन। कार्यक्रम पूर्णतः हाम्रै नियन्त्रणमा हुन्छ, रिङरोडबाहिर कार्यक्रम हुँदैन। प्रशासनले अनुमति नदिए पनि रत्नपार्कमै गर्ने हो’ उनले भने।

Galaxy

त्यस्तै लिङ्देनले नेपालमा चुनावबाट परिवर्तन सम्भव नभएको र जनदबाब अनिवार्य रहेको बताए। राप्रपाले उक्त दिन २ हजार स्वयंसेवक खटाइने पनि बताएको छ। राप्रपा राजतन्त्र फर्काउने भन्दै आन्दोलनमा होमिन लागेको हो। सम्पादकहरूसँगको छलफलमा कमल थापा, नवराज सुवेदी पनि सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार