गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : रामहरी खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।  

Seti Hospital

यद्यपि कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने उनको भनाइ छ । 

उनले भने, ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्दछ । गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । जजसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ? अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नको लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको सुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनको लागि मात्र राखिएको छ । त्यसैले हाम्रो भनाइ के हो भने छानबिन गर्न पाउनुपर्दछ । अख्तियार संवैधानिक निकाय हो अख्तियारले छानबिन गरिरहेको छ । अनुसन्धानबाट खुलेअनुसार कारबाही हुनुपर्छ । तर यही विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु कति युक्तिसंगत होला ?’

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार