धनगढीः धनगढी दुग्ध वितरण आयोजना, अत्तरियाको कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ।
दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजनाको कार्यालय अत्तरियाबाट धनगढी सार्न नहुने भन्दै स्थानीयले ताला लगाएका हुन्। अत्तरियाको दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समिति गठन गरेर जेठ ८ गते कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो। तालाबन्दीको चार दिनसम्म सहमति भएको छैन। अत्तरियामा जग्गा उपलब्ध गराउन पहल भइरहेको भए पनि दुग्ध वितरण आयोजनाका प्रमुखले रातारात कार्यालय सार्ने योजना बनाएको आरोप लगाएका छन्। चाहना महिला सामुदायिक वनका अध्यक्ष भीम विकले नेपाल सरकारले चाहेमा हाल डीडीसी रहेको क्षेत्रसँगै जोडिएको चाहना महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय समेत गरिएको बताए। उनले डीडीसी अत्तरियामा स्थापना हुँदा सामुदायिक वनकै २०÷२५ जना उपभोक्ताले रोजगारी पाएको बताए ।
स्थानीय राजु विकले २०६३ सालमै अत्तरिया उपयुक्त ठाउँ भएको भन्दै डीडीसी स्थापना गरिएको बताउँदै अहिले सार्न खोज्नुको कारण बुझ्न नसकिएको बताइन्। उनले डीडीसी रोक्नका लागि स्थानीय जनप्रतिनिधिले पनि चासो दिनुपर्ने बताएका छन्। स्थानीय बुद्धि राम चौधरीले १६ वर्षदेखि आफ्नै घरका कार्यालय प्रमुखको आवास रहे पनि अहिले आएका प्रमुख निरञ्जन भट्टराईले आवास पनि सारेर अन्य ठाउँमा लगेको बताए। दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो)ले डीडीसीलाई अत्तरियामा रोक्न माग गर्दै कृषि मन्त्री लगायतलाई जानकारी गराइएको बताए। उनले ताला खोल्नु प–यो भनेर अहिले कोही पनि नआएको बताए।
गोदावरी नगरपालिकाका प्रवक्ता एवम् जग्गा खोज्न बनेको कार्यदल समितिका संयोजक गोपाल दत्त भट्टले डीडीसीका कार्यालय प्रमुखले जग्गाका लागि कुरा गर्दा पुस महिनादेखि जग्गा प्राप्तिको लागि लागेको बताए। उनले जग्गाका लागि प्रक्रिया अगाडि बढ्दै गर्दा कार्यालय प्रमुखले धनगढी सार्ने सम्झौता गरेको भनेपछि स्थानीय आक्रोशित भएको बताएका छन। उनले डीडीसीका लागि अत्तरियाका २÷३ ठाउँको जग्गा किटान गरेर नगरप्रमुखले कृषि मन्त्रालयमा पठाइसकेको बताए।
प्रतिक्रिया दनुहोस्