कर्मचारीबाट सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन सकेन : मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 

जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताए । 

Seti Hospital

समायोजन भएका कर्मचारीमध्ये ११ औँ तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाएको उदाहरण दिँदै उनले मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र सङ्घीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताए ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ विजनको आवश्यकता बढी भएपनि मलको कोटा न्यून रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार