‘संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेका छन्’

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेको बताएका छन्। 

विज्ञापन

Seti Hospital

सोमवार धनगढीमा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध विषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रममा उहाँले ती अधिकारलाई संस्थागत गर्दै समुदायको जीवनस्तर उकास्नुपर्ने आवश्यकता औँल्याए।

प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य रहेको उल्लेख गरे। उनले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायबीच पारस्परिक सम्मान र सद्भाव आवश्यक रहेको धारणा व्यक्त गरे।

विज्ञापन

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायमा देखिएका समस्या समाधान गर्न आयोग प्रतिबद्ध रहेको बताए। नुरी जामे मस्जिद सङ्घका अध्यक्ष डा मेराज आलम अन्सारीले आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणमा जोड दिए। महिलाको नेतृत्व विकास र समावेशी नीति आवश्यक रहेको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी गोगन हमालले बौद्ध विहारमा मुस्लिम समुदायको कार्यक्रम आयोजना हुनु धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण भएको बताए। त्यसैगरी मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि हस्तान्तरण गरेका छन् । अलीले आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई हस्तान्तरण गरेका हुन्।  
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार