कैलालीमा डा. विन्दा पाण्डेयद्वारा लिखित“भुइँ मान्छे”माथि विमर्श

धनगढी । नेपाल बुद्धिजीवी परिषद्, कैलालीको आयोजनामा आज देव तालिम केन्द्र, धनगढीमा डा. विन्दा पाण्डेयद्वारा लिखित पुस्तक “भुइँ मान्छे” को पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पुस्तककी लेखक  डा. विन्दा पाण्डेय स्वयंको उपस्थितिमा पुस्तकको विषयवस्तु, सन्देश र समसामयिक सन्दर्भमा विश्लेषणमूलक छलफल भएको थियो।

Galaxy

कार्यक्रममा राष्ट्रिय सभा सदस्य  गरिमा शाह,  सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, जानकी कुँवर, नेकपा (एमाले) का सुदूरपश्चिम सचिव रणबहादुर चन्द, पुराना नेता जीवन राई, यज्ञराज बास्तोला लगायत बुद्धिजीवी, राजनीतिककर्मी र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले “भुइँ मान्छे” ले समाजका असल मूल्य, संघर्षशीलता र  समानताका पक्षमा उठाएका विषयवस्तुलाई उल्लेखनीय बताउँदै यस्ता कृतिहरूले समाज रूपान्तरणमा टेवा पुर्‍याउने धारणा राखेका थिए।

नेपाल बुद्धिजीवी परिषद्, कैलालीले साहित्य र विचारमूलक गतिविधिलाई अघि बढाउने क्रमका रूपमा यस्तो पुस्तक चर्चा कार्यक्रम आयोजना गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार