अमेरिकी मौनताले रुसलाई आक्रमण बढाउन प्रोत्साह गरेको युक्रेनी राष्ट्रपतिको भनाइ

 युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभएको छ । जेलेन्स्कीको यो भनाइ रुसको अहिलेसम्मकै ठुलो हवाई आक्रमणपछि सार्वजनिक भएको हो ।

रुसले एकै रात ३ सय ६७ वटा ड्रोन र मिसाइल प्रहार गरेको थियो । जुन रुसले सन् २०२२ मा आक्रमण सुरु गरेयताको सबैभन्दा ठुलो संख्या हो । जेलेन्स्कीले थप कडा प्रतिबन्ध नलगाएसम्म रुसले आक्रमण जारी राख्ने बताउनुभएको छ ।

Seti Hospital

युक्रेनका विभिन्न २२ स्थानमा भएका आक्रमणमा ३ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएको बीबीसीले जनाएको छ । युक्रेनको वायुसेनाले रुसले २ सय ९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरी आक्रमण गरेको बताएको छ ।

वायुसेनाले ४५ क्रुज मिसाइल खसालेको र २ सय ६६ यूएभी ड्रोन नष्ट गरेको दाबी गरेको छ । रुसी आक्रमण किएभले आफ्नो वार्षिक दिवस मनाइरहेका बेला भएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपतिको कदमबाट खुशी नभएको प्रतिक्रिया दिनुभएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभएको छ । जेलेन्स्कीको यो भनाइ रुसको अहिलेसम्मकै ठुलो हवाई आक्रमणपछि सार्वजनिक भएको हो ।

रुसले एकै रात ३ सय ६७ वटा ड्रोन र मिसाइल प्रहार गरेको थियो । जुन रुसले सन् २०२२ मा आक्रमण सुरु गरेयताको सबैभन्दा ठुलो संख्या हो । जेलेन्स्कीले थप कडा प्रतिबन्ध नलगाएसम्म रुसले आक्रमण जारी राख्ने बताउनुभएको छ ।

युक्रेनका विभिन्न २२ स्थानमा भएका आक्रमणमा ३ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएको बीबीसीले जनाएको छ । युक्रेनको वायुसेनाले रुसले २ सय ९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरी आक्रमण गरेको बताएको छ ।

वायुसेनाले ४५ क्रुज मिसाइल खसालेको र २ सय ६६ यूएभी ड्रोन नष्ट गरेको दाबी गरेको छ । रुसी आक्रमण किएभले आफ्नो वार्षिक दिवस मनाइरहेका बेला भएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपतिको कदमबाट खुशी नभएको प्रतिक्रिया दिनुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार