भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विवादमा तानिएका गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको हो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठिरहेको छ । बैठकले गृहमन्त्री लेखकलाई संसद्‌भित्र र बाहिर आफ्ना अभिव्यक्ति खुला रूपमा राख्न समेत निर्देशन दिएको छ । भिजिट भिसा प्रकरणमा जो संलग्न छन् उनीहरूलाई कारबाही गर्नुपर्ने समेत कांग्रेसले जनाएको छ ।

Seti Hospital

बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा मागेका नेता शेखर कोइरालासँग स्पष्टीकरण माग्नुपर्ने बताउनुभएको छ । यसअघि नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार