फेसबुकमा जातीय विभेदजन्य शब्द कमेन्ट लेख्ने पत्रकार थापा पक्राउ

 सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको स्टाटसमा जातीय अपमान हुने शब्द प्रयोग गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन्। जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता भई फरार रहेका पत्रकार पक्राउ परेका हुन्।



दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ६ घर भई हाल सुर्खेतको भेरीनगरपालिका वडा नं. ७ मा बसोबास गर्दै आएका ३९ वर्षीय शेरबहादुर थापालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

Galaxy

खोजतलासको क्रममा गएको जेठ १२ गते उनलाई भेरीनगरपालिका वडा नं. १० स्थितबाट फेला पारेर पक्राउ गरेको हो।

उनी पहिलो प्रेस डटकमका सञ्चालक समेत हुन्।

उनले केही समयअघि सुर्खेतकै एक पत्रकार गरेको पोस्टको कमेन्टमा गएर जातीय विभेदजन्य शब्द लेखेर कमेन्ट गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार