प्रधानमन्त्रीलाई बोलीमा लगाम लगाउन गगनको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा ‘जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुनुपर्छ’ भनेपछि सर्वत्र आलोचना भइरहेको पृष्ठभूमिमा महामन्त्री थापाले सचेत गराएका हुन् । 

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी बैठक सकिएपछि सञ्चारकर्मीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सोधेको जिज्ञासामा उनले उक्त सुझाव दिएका हुन् । प्रधानमन्त्री जस्तो निकै ठूलो जिम्मेवारीमा बसेको कुनै पनि व्यक्तिले उत्तेजक अभिव्यक्ति दिन नहुने गगनको भनाइ छ । 

SHIKHAR COOL TECH

‘हामी सरकारमा सहभागी भएको दलका नेताले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन’, उनले भने, ‘त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो, त्यस्ता कुराहरु आइन्दा नदोहोरियोस् ।’

अघिल्लो महिना पनि थापाले प्रधानमन्त्रीमाथि कडा टिप्पणी गरेका थिए । त्यतिबेला ‘बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै भयो’ पुगेको भन्ने उनको अभिव्यक्तिले राजनीतिक वृत्तमा खैलाबैला मच्चाएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले पार्टी सभापति देउवामार्फत् केही शान्त बनाए पनि थापाले झण्डै एक महिनापछि अर्को तीखो टिप्पणी गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार