कैलाली र कञ्चनपुरबाट ३ लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट ३ लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद भएका छन । प्रहरीले दुवै जिल्लाका विभिन्न स्थानबाट ३ लाख ७० हजार २२० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीका धनगढी उपमहानगरपालिका– ३ मिलनचोक, टीकापुर नगरपालिका– ६ भर्तापुर पुल र सोही नगरपालिकाको वडा नं. ९ ठोसे बजार नजिकबाट करिब १ लाख ३ हजार ४४० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको हो ।

Seti Hospital

जसमा जुस बनाउने पाउडर, जुस लिक्विड, जुस स्टिकर, बिभिन्न किसिमका भाँडावर्तन, गुड हेल्थ आयुर्बेदिक डिब्बा, धोती लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ बसपार्क र वडा नं. ११ भुजेलाबाट पनि अवैध भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो दुई स्थानबाट करिब २ लाख ६६ हजार ७८० रुपैया बराबरका भारतबाट भन्सार छली ल्याईएका सामानहरु बरामद गरिएको हो । जसमा आयोर्वेदिक औषधि, पानी फिल्टर, डेस्टप मनिटर, बिभिन्न किसिमका कपडा, हार्डवेयर लगायतका सामान लगायत रहेको प्रहरीको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार