कैलालीबाट १७ ग्राम लागू औषध सहित ३ जना पक्राउ

– कैलालीबाट प्रहरीले १७ ग्राम ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटीएको संयुक्त प्रहरी टोलीले धनगढीका छुट्टाछुट्टै स्थानबाट उक्त परिणाममा लागू औषध बरामद गरेको हो ।

धनगढी उप–महानगरपालिका –३ चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र धनगढी उप–महानगरपालिका – १२ जुगेडा ‘बी’ गाउँबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Seti Hospital

धनगढी चौराहाबाट पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी गोला घर भई हाल पलिया बस्ने २४ वर्षीय अबनिश कुमार रहेका छन् ।

यस्तै ‘बी’ गाउँबाट पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका – ११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार