कैलाली भन्सारका हाकिमलाई कुट्ने नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

धनगढी । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन् ।

Seti Hospital

उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शिर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । नगर प्रहरी निरीक्षक धामी सहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत धामीमाथि कुटपिट गरेका थिए ।उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ ।

नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले समेत २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार