ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

 कपिलवस्तुमा आगलागीमा परेर दिदी भाईको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर  आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।

सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुले  जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन्  । आइतबार साँझ  ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीको भनाई छ । 

Seti Hospital

आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको विद्यालयका प्रधान अध्यापक लालचन्द पाण्डेयले रातोपाटीलाई बताए ।  

उनले शव भैरहवा ल्याएर भीम अस्पतालमा  पोस्टमार्टमको लागि राखिएको बताए । सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा घोषणा गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार