कांग्रेस पदाधिकारी बैठक जारी

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो ।

Seti Hospital

केही कांग्रेस नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् भने केहीले मन्त्रीले राजीनामा दिनुनपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

आजको बैठकमा यो विषयसहित पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बताए । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

महामन्त्री गगन थापाले पनि क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समिति संयोजक हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार