पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान दिएको जानकारीअनुसार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा पनि हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
यसैगरी आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
यस क्रममा राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी प्रदेश र बागमती प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया दनुहोस्