रास्वपाले गर्‍यो सहमहामन्त्री सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यस्तै, शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए । लामो समयदेखि राजीनामा थन्किएको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार