‘बजेटले व्यवसायी नजोगाए, अर्थतन्त्र डामाडोल हुन्छ’- ओम विष्ट

भक्तराज जोशी

कैलाली । कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले आगामी आर्थिक वर्षको बजेट व्यवसायीमैत्री आउनुपर्ने बताएका छन् ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण व्यवसाय धरासायी भएको भन्दै अब व्यवसाय र व्यवसायी जोगाउनका लागि भए पनि बजेट व्यवसायीमैत्री आउनुपर्ने उनले बताएका छन् ।

Seti Hospital

‘विश्वव्यापी आर्थिक मन्दी र देश देशबीचको वैमनश्यताका कारणले देशको आर्थिक अवस्था साह्रै बिग्रेको छ’, उनले भने, ‘त्यसैले हाम्रो राज्यले राज्यभित्रको पोलिसी बनाउँदा हामीलाई चाहिने नीति नियममा सहजीकरण गरिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।’

यस्तै उनले आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्र जोगाउन व्यवसायीलाई उत्साहित बनाउनुपर्ने भन्दै व्यवसायीलाई बजेटले नजोगाए अर्थतन्त्र नै डामाडोल हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै उनले मुलुक आर्थिक रुपमा सबल बन्न निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् । चाहे उत्पादनमुखी होस् वा सेवामुखी, हरेक व्यवसायीलाई सहज रुपमा व्यवसाय गर्ने वातावतरण बनाउनुपर्ने विष्टको भनाई छ ।

यस्तै विगतको भन्दा सहज नीति अनुसारको बजेटको अपेक्षा गर्दै विष्टले मन्दीले प्रताडित बनेको व्यवसाय र अर्थतन्त्रलाई उत्साहित बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार