‘बजेट व्यवसायीमैत्री हुनुपर्छ, आयात-निर्यातमा छुट गर्नुपर्छ’

भक्तराज जोशी

धनगढी । अहिले संघीय, प्रदेश र केन्द्र सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा छन् । बजेटको तयारी सुदूरपश्चिम प्रदेशमा पनि तिव्र छ ।

प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छ । यही बेला आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ ? भन्ने विषयमा बहस सुरु भएको छ । बजेटमा सबैका आफ्ना आफ्ना अपेक्षा छन् ।

Seti Hospital

सबैका आफ्ना आफ्ना अपेक्षाकाबीच कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मीराज पन्तले बजेट व्यवसायीमैत्री आउनुपर्ने बताएका छन् । आर्थिक मन्दिका कारण धरासायी बनेको व्यवसायलाई बलियो बनाउने व्यवसायीमैत्री नीति आवश्यक भएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट व्यवसायीसँग छलफल गरेर व्यवसायीमैत्री ल्याउनुपर्ने बताएका छन् ।

‘आर्थिक मन्दीका कारण अहिले व्यापार व्यवसाय धरासायी बनेको छ । त्यसैमाथि आयात निर्यात सम्बन्धी नीतिले पनि व्यवसायी मर्कामा परेका छन्’, उनले भने, ‘अव व्यवसायीमैत्री आउनुपर्छ । आयात र निर्यातमा छुट र सहजीकरणको व्यवस्था गर्नुपर्छ ।’

उनले बजेटमार्फत आयात र निर्यातमा छुट र सहजीकरणको व्यवस्था गर्न माग गरेका छन् । अहिलेको नीति र व्यवस्थाका कारण दुई ठूला देशको बीचमा रहेको नेपालमा व्यवसायिक प्रतिस्पर्धा गर्न नसकिने अवस्था रहेको भन्दै उपाध्यक्ष पन्तले व्यवसाय सञ्चालनमा सहज हुने नीति लिन पनि सुझाव दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार