दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

 प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर ‘देश बनाउने अभियान’ रोक्न खोजेको टिप्पणी गरेका छन् । 

आइतबार ललितपुरमा नेकपा (एमाले)को वागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालप्रति यस्तो आरोप लगाएका हुन् ।   

Seti Hospital

ओलीले कम्बोडियामा आफ्नो ३२ अर्ब लगानी छ भनेर प्रचण्डले हल्ला फिँजाएको दाबी गरे । माधव नेपाल र झलनाथ खनालले त्यस कुराको पछि लागेर आफूलाई बदनाम गरेको ओलीको आरोप छ । 

०६४ सालमा माओवादीले आफ्ना लडाकु क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले आफूहरु पराजित भएको उनले बताए । अहिले माओवादीले ०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको ओलीको तर्क छ । 

जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरू पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न प्रधानमन्त्रीले वडाध्यक्षहरूलाई निर्देशन दिए । 

एमालेविरुद्धका षड्यन्त्रहरू चकनाचुर बनाएर अघि बढ्दै जाने समेत उनले जिकिर गरे । 

प्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार