धनगढी– कैलालीमा एक नवजात शिशु रोईरहेको अवस्थामा फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– १४ एच गाउँस्थित साईनोचोक नजिकै सडक छेउमा रोईरहेको अवस्थामा नवजात शिशु फेला परेको हो ।
बेवारिसे अवस्थामा फेला परेको सो शिशु सडक छेउको नालामा सालनाल सहित फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दनुहोस्