धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ ।
भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिदै प्रमुख तिमिल्सिनामाथि गएराति कुटपिट गर्ने नगर प्रहरीहरूकाे पहिचान गरेर कानुन बमोजिम कारवाही गर्न माग गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारवाही गर्दै माग गर्दै लिखित उजुरी प्राप्त भएकाे जानकारी दिए ।
उनकाअनुसार उजुरीमा कसैकाे पनि नाम उल्लेख छैन् । फुटेजमा देखिएका व्यक्तिकाे पहिचान गरेर कारवाही गरिदिन भनिएकाे छ ।
गएराति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका नगर प्रहरीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेकाे सीसीटीभी फुटेज सार्वजनिक भएकाे छ ।
तर नगर प्रहरी निरीक्षक धामीले भने कुटपिट नगरेकाे दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दनुहोस्