अत्तरिया – कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा गरिएको तालाबन्दी यथावत् रहेको छ । बिहीबार डीडीसी धनगढी सार्न लागिएको भन्दै स्थानीयले डीडीसी कार्यालयमा तालाबन्दी गरेका थिए ।
डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिले आज कार्यालय प्रमुख निरञ्जन भट्टराइलाई कार्यालय प्रवेशमा रोक लगाउने जनाएको छ । सङ्घर्ष समितिका सचिव विक्रम विष्टले विरोधका कार्यक्रम अन्तरगत आज (आइतबार) कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध कार्यक्रम राखिएको बताए ।
यसअघि डीडीसी धनगढी सार्ने सम्झौता गरे पनि कागजात नदेखाएको भन्दै स्थानीयले शुक्रवार कार्यालय प्रमुख भट्टराइलाई एक घण्टा कार्यकक्षमै थुनेका थिए । त्यसपछि गरिएको तालाबन्दी हाल सम्म पनि यथावत् रहेको छ ।
प्रतिक्रिया दनुहोस्