लुम्बिनी प्रदेश सभामा सुरु भयो नीति तथा कार्यक्रममाथिको छलफल

रूपन्देही । लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावको आधारमा अहिले दलगत प्रतिनिधित्वको आधारमा प्रदेश सभामा छलफल भइरहेको हो ।

Seti Hospital

लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।

यस्तै, लुम्बिनी प्रदेश सभाको आजै बसेको छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको ‘वार्षिक नीति तथा कार्यक्रम’ को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले पेश गरेका थिए ।

प्रदेश प्रमुखको सम्बोधनप्रति प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गरेको धन्यवाद ज्ञापनको प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गरेकी थिइन् । प्रदेश सभाले धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार