गन्तव्य फुटसल प्रतियोगितामा चैतन्य पाठशालाको साथ, टाइटल स्पोन्सरको रूपमा चैतन्य पाठशाला

भक्तराज जोशी

धनगढी — स्थानीय खेलकुद प्रवर्द्धन र युवा सहभागिता विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको गन्तव्य फुटसल प्रतियोगितामा चैतन्य पाठशाला टाइटल स्पोन्सरका रूपमा साझेदार बनेको छ।

गन्तव्य कप फुटसल प्रतियोगिता २०८२ को आयोजना गन्तव्य क्याफेले गरिरहेको छ, जसले पछिल्लो समय खेलकुद गतिविधिमा सक्रियता देखाउँदै आएको छ। प्रतियोगिता नजिकिँदै गर्दा तयारी तीव्र बनाइएको आयोजक संस्थाले जनाएको छ।

Seti Hospital

चैतन्य पाठशालाका सिईओ गणेश प्रशाद जोशीले भने, “हामी युवा प्रतिभाको विकासमा सदैव प्रतिबद्ध छौं। फुटसल प्रतियोगिता जस्तो आयोजनाले युवाहरूमा अनुशासन, समर्पण र स्वास्थ्यप्रति चेतना विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौं।”

चैतन्य पाठशालाले यस वर्षवाट कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषयमा नया भर्ना आव्हान गरेको छ । चैतन्य टप २५ छात्रवृति योजनाको माध्यमवाट ६० लाख वरावरको छात्रवृति प्रदान गर्ने घोषणा गरेको छ।

कार्यक्रमको सह-प्रायोजन मञ्जुश्री फाइनान्स लिमिटेडले गरेको छ भने मिडिया पार्टनरको रुपमा कल २४ न्युज रहेको छ ।

प्रतियोगितामा विभिन्न टोल, संस्था, व्यक्तिगत टिमहरू तथा क्लबका टोलीहरूको सहभागी हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा पहिलो पुरस्कारको रूपमा रु ५१,०००/-, दोस्रो पुरस्कार रु ३१,०००/-, साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलकिपर र स्कोररलाई जनही रु २,५००/- नगद पुरस्कार सहित , ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

गन्तव्य फुटसल प्रतियोगिता खेलकुद मार्फत युवा सशक्तीकरण तथा समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले आयोजना गरिएको उल्लेख गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार