धनगढी । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकमा एक महिनाको तलब फिर्ता गरेका छन् ।
भट्टले राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली अनुसार एक महिनाको तलब राष्ट्र बैंकलाई नै फिर्ता गरेको बुझिएको छ ।
कर्मचारी सेवा विनियमावलीका अनुसार राष्ट्र बैंकमा कार्यरत कर्मचारीले राजिनामा दिनु भन्दा एक महिना अघि नै राष्ट्र बैंकमा सो को जानकारी गराउनुपर्छ । राजिनामाबारे जानकारी नगराए एक महिनाको तलब फिर्ता गर्नुपर्छ ।
सोही व्यवस्था अनुसार भट्टले एक महिनाको तलब राष्ट्र बैंकमा फिर्ता गरेको बताइएको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकको तलब नेपाल सरकारको सचिवसरह हुन्छ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गभर्नर बनाउने भनेपछि उनले पूर्वसूचना बिनै गत चैतमा कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । तर राजनीतिक खिचातानीका कारण उनको गभर्नर बन्ने सपना अधुरै रह्यो भने डा. विश्वनाथ पौडेल गभर्नर बनेका छन् । यद्यपि उनी पुनः राष्ट्र बैंकमै फर्कने चर्चा पनि चलेको छ ।
प्रतिक्रिया दनुहोस्