कांग्रेसको स्पष्टीकरण– राजसंस्थाबारे देउवाले सोच्दै नसोचेको कुराको भ्रम छरियो

काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ । बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो ।

“कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,” विज्ञप्तिमा भनिएको छ ।

Seti Hospital

कांग्रेसले अगाडि भनेको छ, “जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार