गोप्य भिडिओ खिचेको भन्दै रास्वपाका नेता निलम्बित

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक नेतालाई निलम्बनमा राखेको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार एक निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई अनुशासन उल्लंघनको कारबाही स्वरुप तीन दिनका लागि निलम्बनमा राखिएको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण तीन दिनका लागि निलम्बन गरिएको छ,’ उनले भने, ‘अनुमति बिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडिओ रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गरिएको हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार