नेपाल विश्वकपमा पुग्छ: प्रशिक्षक कटुवाल

कैलाली : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टी  ट्वान्टी ग्लोबल छनोटबाट नेपालले सफलता पाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

थाइल्यान्डमा सम्पन्न आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमबार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो। बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोबल छनोटमा शीर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन्।

Seti Hospital

ग्लोबल छनोटमा पूर्ण सदस्य राष्ट्र बाङ्लादेश र स्कटल्यान्डसहित एसिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एसिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन्।

यद्यपि, हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन। नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको धारणा राखे। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवाले उल्लेख गरे।

बलिया राष्ट्रसँग नियमित शृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्न सके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ। पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन्।

प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्ण रूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्न सक्ने उल्लेख गरे। नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्यान्डको छनोटकै लागि भैरहवा र दिल्लीमा क्याम्पले धेरै मद्दत मिलेको बताइन्।

झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उनले उल्लेख गर्दै यसपल्ट सफलता मिलेको बताइन्। पूर्वकप्तान रुबिना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै राम्रो गर्न पर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन्। नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार