‘डेटिङमै’ १२ लाख खर्चिएरका एक जोडीको बिहे भएन,रकम फिर्ताको माग गदैं युवती कैलाली प्रहरीमा पुगिन्

धनगढी । धनगढी उपमहानगरपालिकाकी उसा र विकास (दुवै नाम परिवर्तन) केही समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरू दुवै जना परिवारको सहमतिमा विवाहको तयारीमा थिए।

विवाहपूर्व एकअर्कालाई राम्ररी चिन्ने र समय बिताउने बहानामा उनीहरूले भारतका विभिन्न स्थानमा घुमघामको योजना बनाए। यात्रामा युवक–युवती मात्र नभई दुवै पक्षका आमाबुबा समेत सहभागी थिए।

Seti Hospital

तर भारत भ्रमणबाट फर्किएपछि युवकले विवाह नगर्ने निर्णय लिए। युवती पक्षले युवकलाई फकाउने प्रयास गरे पनि सफल नभएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय कैलाली पुगे।

प्रहरीका अनुसार युवतीका अभिभावकले युवक पक्षको आग्रहमा भारत घुम्न गएकाले झण्डै १२ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्। उनीहरूले प्रहरी समक्ष या त विवाह गराइदिन, नत्र घुमघाममा लागेको खर्च फिर्ता गराइदिन माग गरेका थिए।

तर प्रहरीले विवाह गर्ने वा नगर्ने निर्णय व्यक्तिगत स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै दुवै पक्षलाई सम्झाइ–बुझाई पठाएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

36%

अचम्मित

29%

उत्साहित

7%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार