बजेटको तयारीमा कैलालीका स्थानीय तह

धनगढी । कैलालीका स्थानीय तहहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गते भित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार स्थानीय तहहरु बजेटको तयारीमा जुटेका हुन् ।

त्यसो त कैलालीमा १३ वटा स्थानीय तह छन् । जसमध्ये केहीले नीति तथा कार्यक्रम र बजेटको तयारी लगभग सकिसकेका छन् भने केहीले भने भर्खर तयारी सुरु गरेका छन् ।

Seti Hospital

हाल गोदावरी नगरपालिकाले वडा भेला सम्पन्न गरेर योजनाहरु समेत संकलन गरिसकेको छ । उक्त योजनाहरुलाई अब विषयगत शाखाहरुले नीति तथा कार्यक्रममा समावेश गर्नेछन् ।

उता घोडघोडी नगरपालिकाले पनि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण गरिसकेर वडा भेलाको तयारी गरिरहेको छ भने गौरीगंगा नगरपालिकामा योजना छनौट प्रक्रिया नै प्रारम्भिक चरणमा रहेको बताइएको छ ।

यता धनगढी उपमहानगरपालिकाले भने हालसम्म पनि बजेटको सीमा निर्धारण गर्न नसकेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐनका अनुसार उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले तयार पारेको बजेट कार्यपालिकामार्फत असार १० गतेभित्र सार्वजनिक गर्नुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार