सिटिजन्स बैंकद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीस्थित दृष्टि फाउन्डेसन नेपाललाई सरसफाइ र उपभोग्य सामग्री सहयोग गरेको छ।

उक्त संस्था मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू तथा उनका बालबालिकाको संरक्षणमा सक्रिय रहँदै आएको छ। करिब ६५ जना लाभग्राहीलाई सहयोग गर्दै आएको संस्थालाई बैंकले दुई महिनासम्म पुग्ने सामग्री प्रदान गरेको हो।

Seti Hospital

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थामा आयोजित कार्यक्रममार्फत सामग्री हस्तान्तरण गर्दै यस्ता सामाजिक संस्थासँग सहकार्य गर्न पाउनुमा खुसी व्यक्त गरे।

सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ उपाधि जित्नुका साथै नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सुरु गरेको छ। देशभर २०० शाखामार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार