बझाङका जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी चन्द्राले बाटोमै जन्माइन् बच्चा

धनगढी । सुदूरपश्चिमको स्थायी राजधानी गोदावरी नगरपालिकामा बस्ने एक महिलाले सडकमै शिशुलाई जन्म दिएकी छिन् । गोदावरी नगरपालिका – १ मा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी २४ वर्षीय चन्द्रा आचार्यले सडकमै शिशुलाई जन्म दिएकी हुन् । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई आएको थियो । ‘महिला बिरामी रहेको खबर पाएपछि खैराना प्रहरी चौकीबाट बुझ्नका लागि प्रहरी पठाएको थिए,’ डीएसपी चन्दले भने, ‘त्यहाँ प्रहरी पुग्दा बेथा लागेको अवस्थामा ती महिला भेटिएकी थिइन् । महिला प्रहरी कर्मचारीले सहयोग गरेपछि ती महिलाले बाटोमै छोरालाई जन्म दिएकी छिन् ।’

Seti Hospital

प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा चन्द्राले शिशुलाई जन्म दिएकी हुन् । अहिले उनर्लाइ पदमा अस्पतालमा उपचारका लागि लगिएको छ । सुत्केरी चन्द्राका श्रीमान रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार