सुदूरपश्चिममा २१ महिनामा १३७ जना ज्यान गुमाए ,भयावह बन्दै मोटरसाइकल दुर्घटना

अत्तरिया – सुदूरपश्चिममा सडक दुर्घटनामा सबैभन्दा धेरै मुत्यु हुने प्रमुख कारण मोटरसाइकल बनेको छ । अन्य सवारीसाधनको तुलनामा प्रदेशमा ४७ प्रतिशत मुत्युको कारण मोटरसाइकल बनेको हो ।

पछिल्ला २१ महिना (आर्थिक वर्ष ०८०/०८१ देखि ०८१/०८२ चैतसम्म) को अवधिमा सुदूरपश्चिममा ८६६ सावारी दुर्घटनामा २ सय ९३ जनाको मृत्यु (पुरुष २३८ महिला ५५) भएकोमा १ सय ३७ (पुरुष १२३, महिला १४) जनाको मृत्युको कारण मोटरसाइकल बनेको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

Seti Hospital

सो अवधिमा कुल १ हजार ९१६ (पुरुष १४३३, महिला ४८३) घाइते भएकोमा मोटरसाइकल दुर्घटनामा मात्रै घाइते हुनेको संंख्या १ हजार ६१ (पुरुष ८४३, महिला २१८) रहेको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा २५ वर्षमाथि उमेर समूहका २ सय ४ जना रहेका छन । यो अवधिमा २५ वर्षमाथिको उमेर समूहका ८ सय ३२ जना घाइते भएका छन ।

सडक दुर्घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ६५ जनाले ज्यान गुमाएका छन भने ४ सय ६९ जना घाइते भएका छन ।

यस्तै, ६ देखि १६ वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ भने १ सय ४ जना घाइते भएका छन । सडक दुर्घटनामा यो अवधिमा १३ नाबालकको मृत्यु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार