सांसद सुशीला श्रेष्ठले संसद बैठकमा इन्भर्टर किन्नुपर्ने स्थिति बनेको हो भन्ने प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले खाना खाने बेलामा मोबाइलको टर्च लाइट बालेर खानुपरेको बताइन् ।
‘गत बिहीबारदेखि निरन्तर बेलुका बत्ति जाने गरेको छ । नेपालीहरूको भात खाने बेला भयो । अब अन्धाकार दिएँ भनेर बिजुली मार्दिएजस्तै परिस्थिति बन्न सुरु भएको हो ?’ उनले भनिन्, ‘१८ घण्टाको लोडसेडिङबाट हामी मुक्त भएका थियौँ । उज्यालो नेपाल बन्न सुरु भएको हामीलाई लागिसकेके थियो ।’
तर, अहिले मोबाइलको टर्च बालेर भात खानुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘अहिले हामीले इन्डक्सन चलाइराख्दा फेरि ग्यासमा भात सानुपर्ने, मोबाइलको टर्च बालेर भात खानुपर्ने परिस्थिति बनिरहेको छ । हामीले फेरी जेनेरेटर किन्नुपर्ने, इन्भरटर राख्नुपर्ने मैनबत्ति साँच्नुपर्ने स्थिति बनेको हो ?’ उनले भनिन् ।
प्रतिक्रिया दनुहोस्