कैलालीमा खेलकुद महासंघ गठन,अध्यक्षमा खत्री

भक्तराज जोशी

धनगढी : कैलालीको खेलकुद क्षेत्रलाई विकास गर्न कैलालीका सम्पूर्ण खेलकुदमा क्रियाशील संघसंस्था द्वारा खेलकुदको छाता संगठन महासङ्घको गठन गरिएको छ।

शुक्रबार साँझ जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरिका विभिन्न क्रियाशील खेल संस्थाका पदाधिकारी सहितको सहमतिमा खेलकुदको छाता संगठन महासङ्घको गठन गरिएको जानईएको छ। खेलकुदको विकास र उन्नति गर्नका लागि आवश्यक रहेको भन्दै यसको गठन गरिएको हो।

उक्त गठन भएको समितीमा अध्यक्षमा ललित खत्री (कराते महासङ्घ ),उपाध्यक्षमा राजिव गुप्ता (उसु महासङ्घ) महासचिवमा प्रेमराज जोशी (भलिबल संघ) ,सचिवमा कुबेर जित साउँद .(हेण्डबल संघ) ,कोषाध्यक्षमा प्रकाशमान सिंह (ब्याडमिन्टन संघ), सदस्यहरुमा देवनारायण झा (हकेट संघ),हर्क दानपाली (फुटबल संघ) ,चन्द्र राहुल (रग्बी संघ), रघुनाथ राना (कबड्डी संघ),निर्जन श्रेष्ठ (बक्सिङ संघ) र ताराबहादुर बलायर (खोःखो) संघ रहेका छन् ।त्यसैगरी सल्लाहकार समितिमा फुटबल संघका अनिल मल्ल रहने गरी महासङ्घ गठन गरिएको कैलाली जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख आश्रम के.सी ले जानकारी दिए । कैलालीमा हुने खेलकुद गतिविधिहरूमा यस महासंघकोे प्रत्यक्ष संग्लनता रहने भएकाले सो क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार