धरान उपमहानगर प्रमुख हर्क साम्पाङले प्राधिकरण निर्देशक हितेन्द्रलाई ‘गधा’ भन्नुको कारण

काठमाडौं– धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ‘गधा’ भनी सम्बोधन गरेका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमा शाक्यलाई केन्द्रित गर्दै विद्युत अवरुद्ध हुनुको क्रोध देखाएका थिए। 

SHIKHAR COOL TECH

उनले लेखे,‘ विद्युत प्राधिकरणको एमडीको नम्बर कति हो? यस्तो गाली गर्नु मन लाको छ कि गधालाई! लाइन गाको गाकै! यस्तो नि हुन्छ?’

उनले लगत्तै अर्को पोस्ट पनि गरेका थिए। साम्पाङ त्यसमा लेख्छन्,‘लोडसेडिङ भयो पनि यस्तो गाली गर्छु कि।’

साम्पाङले विद्युत आपूर्ति नहुँदासम्म निरन्तर पोस्ट गरेका थिए। तेस्रो पोस्टमा उनी लेख्छन्,‘लाइन गइरहन्छ! पानीको पम्प चलाउन गाह्रो भो! अब यो दोष सालोलाई दिने कि भेनालाई? धन्न श्रमदानबाट पानी ल्याइयो र रुन परेको छैन जनता! मेरो भिजनमा हिँड है! यो महिनाको पम्प चलाउँदाको बिजुलीको बिल रु ४१ लाख मात्रै!’

tttt--1747464309.jpg
Screenshot-2025-05-17-121713-1747463901.jpg
harka--1747463901.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार