डरलाग्दो स्वास्थ्य समस्या बन्दै उच्च रक्तचाप, बच्न के गर्ने ?

धनगढी : आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । 

सन् २००५ बाट यो दिन मनाउन सुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गइरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ । 

Seti Hospital

उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो । यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्त्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मिर्गौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् । औषधीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठिक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ ।

उच्च रक्तचापबाट बच्नको लागि धूम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक व्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार