दुर्घटनामा परी ज्यान गुमाएका पूर्व मन्त्री सिंहको सम्झनामा चौतरा निर्माण

धनगढी : बझाङकाे छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउँमा स्वर्गीय आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सम्झनामा चौतारा निर्माण गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत जयपृथ्वी राजमार्ग अन्तर्गत सडक छेउमा निर्माण गरिएको उक्त चौतारा यात्रुहरूलाई घाम तथा पानीबाट जोगिन राहत पुग्ने वडा नम्बर १ का वडा अध्यक्ष करन जङ बहादुर सिंहले बताए ।

२०८० साल असार ५ गते बझाङ आउँदै गर्दा जयपृथ्वी राजमार्गको धारछरा भन्ने स्थानमा भएको सडक दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजूको निधन भएको थियो । उक्त दुःखद घटनालाई सम्झेर गाउँपालिकाले उहाँको सम्झनामा यो चौतारा निर्माण गरेको हो। चौतारा यात्रुहरूका लागि विश्राम स्थलको रूपमा उपयोगी हुने वडा अध्यक्ष सिंहको भनाइ रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार