भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह


एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन निर्माता कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न आग्रह गरेका छन्।

कतारको राजधानी दोहामा उनले एप्पलका सीईओ टिम कुकलाई भने, ‘भारत आफैँलाई आफ्नो हितको ख्याल राख्न देऊ।’

SHIKHAR COOL TECH

ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको हो जतिबेला भारत र अमेरिका आयात करबारे संवाद गरिरहेका छन्।

साथै यसबीच एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको खबर पनि आएको छ।

मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले हिजो टिम कुकसँग कुरा गरेँ। मैले भनेँ- टिम, हामी तिमीलाई धेरै राम्रो व्यवहार गरिरहेका छौंँ। तिमी ५०० अर्ब डलरको कम्पनी बनाउँदै छौ, तर मैले सुनेको छु- तिमी भारतमा कारखाना स्थापना गर्दै छौ। म तिमी भारतमा (आईफोन) बनाऊ भन्नेमात्र  चाहन्नँ।’

‘यदि तपाईं भारतलाई सहयोग गर्न चाहनुहुन्छ भने त्यो ठीक छ, तर भारत संसारमा सबैभन्दा बढी कर लगाउने देशमध्ये एक हो। त्यहाँ बेच्न गाह्रो छ। भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलगाउने वाचा गरेका छन्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार